-शिवेश शर्मा (राजोपाध्याय)
काठमाण्डौँ उपत्यकाका देव-देवालय, दरवारहरुमा रहेका कला, आदिका बारेमा स्वदेशी तथा विदेशी सबैमा कौतूहलपूर्ण उत्सुकता रहिआएको छ। पाटन दरवारस्थित सुन्दरी चोक पनि यस्ता काष्ठकला, शिल्पकला र धातुकलाले भरिपूर्ण काठमाडौ उपत्यकाकै सबैभन्दा सुन्दर, कलात्मक र रहस्यमय चोक भएकाले
त्यहाँका मूर्तिहरुको यथासम्भव रहस्योद्घाटन गर्ने यसलेखमा चेष्टा गरिएको छ।
हाम्रो देश नेपाल कला संस्कृतिमा निकै धनी भएकोले यी कुराहरुले नै विश्व प्रख्यात छ। प्राचीन कला, कालिगढहरुले भरिपूर्ण यस प्राचीन काठमाण्डौँ उपत्यका कलाको भण्डार हो । यस स्थान वास्तुकला, शिल्पकला, काष्ठकला, आदिले सुसज्जित छ । त्यसमाथि तीनवटै दरवारक्षेत्रका कलाकृति निकै आकर्षणयुक्त छन् । यहाँका मन्दिर, दरवारहरुको काष्ठकलामा शिल्प झल्किने बुट्टाहरु एकदमै उच्चकोटिका छन् । यिनको व्याख्या, विश्लेषण गर्न गाह्रो रहेको कुरा पनि सबैमा विदितै छ। यी कुराहरुको ठीकसंग विश्लेषण गर्न गहन अध्ययन र अनुसन्धानको आवश्यक पर्छ। यसैगरी मानवजगतमा पानीको महत्वपूर्ण भूमिका छ । मानव सभ्यता उच्च शिखरमा पुग्दा पानीको ठूलो भूमिका र योगदान रहेको छ । पानीको नाम, समय परिस्थिति अनुसार फरक हुन्छ । धार्मिक कार्यमा पानीलाई ‘जल’ भनिन्छ। पिउने बेला ‘पनीय’ भनिन्छ, अरु चीजमा पानी मिसिएको छ भने त्यस तरल पदार्थमा ‘तोज’ छ भनिन्छ भने सामान्य तय ‘पानी’ नै भनिन्छ । अंग्रेजी भाषामा जस्तै जुनसुकै बेला ‘वाटर’ भनिन्न । यहाँ सन्दर्भानुसार नाम परिवर्तन भएको देखिन्छ।
मानवजातिको कर्महरु सबैमा जल अथवा पानी प्रातःकालदेखि रात्रीसम्म, जन्मदेखि मरणसम्म
प्रत्येक पल-पलमा पानीको प्रयोग हुन्छ र गरिन्छ । हाम्रो सामाजिक कार्यहरु जस्तै नामकरण, अन्नप्रासन, जन्मदिन, चुडाकर्म, वेलविवाह, व्रतवन्ध, सूर्य-दर्शन, विवाह, रथारोहण, आदि र धार्मिक कार्यहरु जस्तै पूजा, पाठ, संकल्प, वलिदान, आदि पर्वहरुमा पानीले विशेष महत्व राख्दछ। हाम्रो मानवशरीरमा पनि ६०% पानीको मात्रा छ र विश्वको ७१% भूभाग पानीले ओगटेको छ। यसै कारणले जललाई प्रमुख अत्यावश्यक पञ्चतत्व मध्ये एक रुपमा मानिन्छ।
स्मरणीय छ काठमाडौँ उपत्यका पनि कुनै समयमा ठूलो दहको रुपमा रहेको थियो भन्ने कथाहरु सुन्दै आएका छौँ । यहाँको वैज्ञानिकहरुले पुष्टि गरेका छन् । धर्म ग्रन्थानुसार यहाँको पानी कसरी बाहिर गयो भन्ने भिन्ना-भिन्नै तर्कहरु छन् । परापूर्वकालमा यहाँ ठूलो दह भएकोले नै यस ठाउँमा धेरै स-साना दह र पोखरीहरु छन् । जसले गर्दा जमिन सतहको केही तल नै पानीको सतह भेत्तिन्छ। यसै कारणले ठाउँ-ठाउँमा इनार, ढुङ्गेधारा, पधेरा, आदि पानीका श्रोतहरु पाइन्छन् । वर्तमान परीप्रेक्षमा बढ्दो अव्यवस्थित सहरीकरण र जताततै ढलान गर्ने कार्य भइरहेकाले वर्षायाममा झरीबाटै झरेको पानी पनि ढलबाट नदीमा मिसिन्छ जुन जमिनमा रसेर जान पाउँदैन । यस्तो हुदाँ प्राकृतिक रुपमा बनाइएका ढुङ्गेधारा, इनार, पधेरा, आदिहरु सुक्दो अवस्थामा छन् ।
धाराहरु ढुङ्गा, धातु, आदिबाट बनेका हुन्छन् । स्थानीय नेवारी भाषामा ढुङ्गाको धारालाई ‘लौहिटि’,
नेपालीमा ‘ढुङ्गेधारा’, संस्कृतमा ‘प्रणालिका’, हिन्दीमा मकरधारा’ र इन्डोनेसियामा यस्तै धारालाई ‘ताम्पका’ भनिन्छ । यस्तै धारा धातुको पनि बनाइएका हुन्छन् र त्यस्ता धातुमा स्वर्ण जलप लगाइयो भने स्थानीय भाषामा लुहिटि र नेपाली धाषामा ‘सुन्धारा’ भनिन्छ । काठमाण्डौँ उपत्यकाकै अहिलेसम्मको पुरानो ढुङ्गेधारा पाटन दरवारस्थितको ‘मंगः हिटि’ अर्थात् ‘मंगलधारा’ हो। लि.सं.४९२ (वि.सं.६२९)मा यस धाराको प्रतिष्ठा गरिएको भनी त्यहाँ उल्लेख छ । यसैगरी यस उपत्यकाकै उत्कृष्ट धारा परिसरमध्ये एक ‘सुन्धारा’ परिसर हो । वि.सं १८८६ मा तत्कालिन प्रधानमन्त्री भीमसेन थापाको सत्ताकालमा ललितत्रिपुरासुन्दरीद्वारा बनाउन लगाइएको थियो।
अन्य दरवारक्षेत्रमा पनि यस्ता धाराहरु धेरै छन् । यसमध्ये पाटनको टुसाहिटि, भक्तपुर र काठमाडौंको थुथु हिटि’ कलात्मक र चर्चित धाराहरु मध्ये हुन् । पाटनको टुसाहिटि, टुसाहिटि चोक वा सुन्दरी चोकमा, भक्तपुरको थैथु हिटि नागपोखरीमा र काठमाडौंको थैथु हिटि मोहनकाली चोकमा अवस्थित छ । पाटनको टुसाहिटि ने.सं. ७६७ बैशाख कृष्ण पक्ष, वृहस्पतिबार, हस्ता नक्षत्र, भक्तपुरको थैथु हिटि ने.सं ८०८ बैशाख शुक्ल तृतीया र काठमाडौंको थैथु हिटि ने.सं ७७२ माघ पूर्णिमाका दिन क्रमशः प्रतिष्ठा गरिएका हुन् । माथिको तस्वीरमा तीनवटा धाराहरु छन् । माथिदेखि क्रमशः ख्वप ल्याकू थुथु हिटि, यल ल्याकू टुसाहिटि र ये ल्याकू थैथु हिटि हुन् । यीमध्ये सबैभन्दा ठूलो | धारा टुसाहिटि हो भने सबैभन्दा कलात्मक र बुट्टेदार धारा काठमाण्डौ दरवार (थे ल्याकू)स्थित मोहनकाली चोकको थैथुहिटि हो । यस्ता धाराहरुमा जलचरको आकृति जलश्रोतका रुपमा प्रतीकका रुपमा कुँदिएका हुन्छन्।
राजदरवार परिसरमा दरवारियाहरुका लागि पानीको श्रोत भनी धेरै ठाउँमा धाराहरु बनाइएका हुन्छन् । पाटन दरवार परिसरभित्र मंगः हिटि, भण्डारखाल हिटि र टुसाहिटि गरी तीनवटा धाराहरु हालसम्म सुरक्षित छन् । कतिपय यस्ता धाराहरु कालान्तरमा भग्नावशेषले पुरिदाँ अहिले अस्तित्वमै छैनन् तर पुरिएका ढुङ्गेधाराहरु उत्खननको समयमा भेटिएपछि अहिले भण्डारखालमा राखिएका यस चोक पाटन दरवारबीचको बाटोको पूर्व, मूलचोकको पश्चिम, भण्डारखालको पद्मपोखरीको पश्चिम र पूल्चोक-ग्वार्को जाने मुख्य बाटोको उत्तरपट्टि अवस्थित छ।
सुन्दरी चोक र दरवारको प्रवेश गर्ने मुख्य प्रवेशद्वार यस चोकको पश्चिमपट्टि छ भने च्यासौं देगःको पूर्व, ठीक
अगाडि छ । प्रवेशद्वारमा निकै कलात्मक काष्ठकला कुदिएका छन् भने यसको ठीक दायाँ-बायाँ पञ्चमुखी सिद्धि गणेश र हिरण्यकश्यपु मारिरहेको नृसिंहका ठूला| मूर्तिहरु राखिएका छन् । यस प्रवेशद्वारको खापामा | ३ तहका बुट्टाहरु छन् । माथिल्लो तहमा चन्द्र-सूर्य, मध्य तहमा दुईवटा आँखाहरु र तल्लो तहमा दुईवटा कलशहरु छन् । ढोकाको आसनमा दुईतिर दुई सिंहहरु छन् । बुट्टा, बनावट र काठको आयु हेर्दा र बुझ्दा यी | खापाहरु सायद पछिल्लो कालमा अर्थात वि.सं. २०३१ सालतिर जीर्णद्वार गरिएको अनुमान गर्न सकिन्छ।
यस ढोकालाई सामान्य रेखाङ्कन गरी त्यहाँ देवी-देवता तथा योग-योगिनीहरुलाई अङ्कहरु तथा वर्णले अङ्कित गरी नामहरु निम्न बमोजिम उल्लेख गरिएको छ :
१.पञ्चमुखी महादेव, २.असिताङ्ग भैरव-ब्रह्मायणी, ३.रुरु भैरव-माहेश्वरी, ४, चण्ड भैरव-कौमारी, ५. क्रोध भैरव वैष्णवी, ६. उन्मक्त भैरव-बाराही, ७. कपाली भैरव-इन्द्रायणी, ८, भीषण भैरव-चामुण्डा, ९. संहार भैरव महालक्ष्मी, १०. गणेश, ११. चन्द्र, १२. सूर्य, १३. चण्ड भैरव-कौमारी, १४.संहार भैरव-महालक्ष्मी, १५. ज्वालान्ह्याकंधारी ज्वालाश्री १६. सिन्हम्हुधारी ज्वालालक्ष्मी, १७. खड्गपाणि यमदुत, १८. दण्डपाणि यमदुत’ क घः सुरुका चतुर्मङ्गल समाइरहेका योगिनी (क देखि घ सम्म क्रमशः श्रीवत्स, चक्र, छत्र र कलश), च-झ : अन्त्यका चतुर्मङ्गल समाइरहेका योगिनीहरु (च देखि झ सम्म क्रमशः चमर, पङ्खा, पद्म र शङ) छन् । क को अगाडि र झ को पछाडि माल्यार्पण गरिरहदाँको परीहरु छन् भने क-घ र च-झको तल सिंहले नाग- नागिनीलाई आक्रमण गर्नलाग्दाको आकृति छ। ११ र १२ का चन्द्र र सूर्यको ठीक तल पनि मलः(ड्रागन)को आकृति कुदिएको छ।
यसरी गरुड-नारायण भक्त सिद्धिनरसिंह मल्लद्वारानिर्मित पञ्चमुखी महादेव, अष्टमातृका, अष्टभैरवले सुसज्जित सुन्दरीचोक प्रवेशद्वारमा चन्द्र-सूर्यको समान तेज र आसनमा सर्वोत्तम सिंहासनले भित्रको चोकको तन्त्रको स्तर बताउँछ । ढोकाको माथिल्लो भागलाई दुवैतर्फबाट भैरव र मातृकाको आलिङ्गन स्त्री-पुरुष शक्तिको बारेमा प्रकाश पार्छ । यस द्वारमा स्वागत गर्न मकरका ज्वालाबाट प्रकट भएका श्री र लक्ष्मी छन् । द्वारको तल्लो भागको सुरक्षाका लागि खड्गपणि यमदुत र दण्डपाणि यमदुत राखिएका छन् । यस द्वारबाट आवत-जावत गर्ने सम्पूर्णको सुमङ्गल कामनार्थ यहाँ योगिनीहरुले अष्टमङ्गल समाइरहेका छन् ।
For more info download Patan-Museum-Journal.pdf
Photo Source
Published in Journal of Patna Museum