तलेजु स्थानमा कामदार र रकमीहरुको ब्यवस्था

तलेजु स्थानमा कामदार रकमीहरुको केहि कार्यमा हाल ५३८ जना कायम रहेका छन् । यी रकमीहरु परम्परा अनुसार जेठा भर्ना सदर भइ अधिकार हुने गर्दछन् । यी रकमीहरुलाई पारिश्रमिकको लागी सेवा बिर्ता तोकेको हुन्छ । काम गर्ने रकमीहरु निम्न प्रकारका छन् :

राजोपाध्याय नाइके

तलेजु स्थानमा पूजा गर्ने ब्राम्हण राजोपाध्याय नाइके पूजारीलाई नाइके पद दिई भर्ना सदर गर्ने गर्दछ । नाइके पूजारीले पूजा सञ्चालन गर्ने बेलामा तन्त्रको बिधान बमोजिम स्तोत्र मन्त्र वाचन गरेर पूजा सञ्चालन गर्ने गर्दछन् । श्री तलेजु भवानीको नित्य पूजा चढाउने दायित्व बोकेको हुन्छ । त्यस्तै पर्व पूजामा पुजारी नाइके भई पूजा प्रारम्भ गर्दछन् । भक्तपुर तलेजु स्थानका श्री वाकुलीदेवी -धनलक्ष्मी कहाँ ब्राम्हण राजोपाध्यायले मात्र संचालन गर्ने गर्दछन् । श्री वाकुली देवताकहा“ पूजा सामग्रीहरु तयार पारिदिने छुट्टै नकींलाई वाकुनकीं भनेर सम्बोधन गर्ने गर्दछन् । पर्व पर्वमा पुजारी नाइके राजोपाध्याय ब्राम्हणले श्री वाकुदेवीको मर्ूर्तिलाई बाहिर कोठामा ल्याई ब्रत बसी पूज्ाा चढाउनेलाई पूजा गर्न लगाइन्छ र यो देवतालाई पूजा गरेको फलका बिवरण र पूजा चढाउनुपर्ने कथाहरुका प्रवचन सुनाउने गर्दछन् । पारिश्रमिकको लागी पहिले पहिले सेवा बिर्ताको ब्यवस्था थियो । पछि तलेजुका पूजारी राजोपाध्याय ब्राम्हणलाई तलेजुका पुजारीले दुनिया“दारीको घर-घरमा संस्कारहरुको आम्दानीबाट गुजारा चल्छ भनी भीमसेन थापाको पालामा ब्राम्हणहरुको जग्गा घर हरण कानून लागू भएपछि तलेजुका पुजारी नाइके राजोपाध्यायको सेवा बिर्ता र अरु जग्गाहरु पनि कानून लागू भएर सरकारी जग्गामा परिणत गर्राई हरण गरियो ।

श्रोत :
पुस्तकको नाम : तुलजा भवानीको थापूजा र पर्वपूजा बिधि
लेखकको नाम : श्री लीलाभक्त मूनंकर्मी
प्रकाशित मिति: २०५९
प्रकाशक : कुमारी प्रकाशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.